Thankot Times
Voice of Western Kathmandu
थानकोट । बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमण्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता मंगलबारबाट सुरु हुँदैछ।
कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका संयोजक कुमार राईले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ), आयोजक न्यू डायमण्ड स्पोट्र्स क्लब, नेपाल पुलिस क्लब र काठमाडौंको परोपकार आदर्श माध्यमिक विद्यालयको सहभागिता रहने छ।
सहभागी टोलीबीच पहिले राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ। राउन्ड रोबिनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।
प्रतियोगितामा उपाधि विजेता टोलीले रु पाँच लाख प्राप्त गर्नेछ भने उपविजेताले रु दुई लाख ५० हजार पाउने छ। त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले एक लाख २५ हजार र चौथो हुने टोलीले रु ७५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.