किसानलाई मल माग्दै मुलुकभरका स्थानीय निकायमा राप्रपाले बुझायो ज्ञापनपत्र

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार देशभरका स्थानीय निकायमा ज्ञापनपत्र बुझाएको छ । कृषकहरूलाई समयमै मलखाद तथा बिउ उपलब्ध गराउन दबाब दिन उसले देशभरका पालिकाका कृषि शाखा तथा पालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो ।

चन्द्रागिरि नगरपालिका बलम्बुमा सो पार्टीका स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा नगरको कृषि शाखा तथा नगरप्रमुख समक्ष कृषकहरूको समस्या तत्काल हल गर्न ज्ञापन पत्र बुझाएको राप्रपा चन्द्रागिरि नगर अध्यक्ष रञ्जनकुमार गिरीले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *