मातातिर्थ बस्ने एक जना पठाओ चालकको मनमा ‘चोरीको पाप’ पलाएपछि
थानकोट ।
मंसिर २३ मा धादिङबाट बसमा काठमाडौँ आएकी सानीमैया पौडेल बाफलमा झरे लगत्तै म पठाओ चलाउनेवाला हो, कहाँ जाने हो, म लगी दिन्छु’ भने। उनी राजी भइन्। मोटरसाइकल चढेर बानेश्वर हिँडेकी थिइन् उनी।
छाउनीमा पञ्चकन्या विद्यालय नजिकको एकान्त सडक आएपछि मोटरसाइकल रोकियो। मोटरसाइकल चालकले उनको साथमा रहेको सामसुङ कम्पनीको मोबाइल तथा आधा तोला सुनको औँठी जवर्जस्ती लिएर हिँडे।
काभ्रेका लामा चन्द्रागिरि मातातिर्थमा डेरामा बस्दै आएका थिए। एक महिना अगाडिबाट उनी पठाओ राइडर बनेका थिए।
उनको बयान अनुसार घटनाको दिन उनले सानीमैयालाई भेटेर बानेश्वरमा रहेकी छोरीलाई भेट्न जाने भनेपछि त्यता लैजाने क्रममा सुनसान सडक आयो। सानीमैयाले सुनको गहना लगाएको र मोबाइलसमेत बोकेको देखेपछि मनमा चोरी गर्ने पाप जागेपछि छाउनीको गल्लीको बाटो सुनसान देखेपछि मोटरसाईलकबाट झारेर मोबाइल चोरी गरेको स्विकारेका छन्।
‘कानमा लगाएको सुनको गहना तान्न खोज्दा बुढी आमाले प्रतिकार गरिन्। म हच्किएँ। मेरो मोबाइल देऊ भनेर कराउन थालेपछि म भागेँ’ काठमाडौँ जिल्ला अदालतमा दायर भएको अभियोग पत्रको बयानमा उनले भनेका छन्।
प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा लामाविरुद्ध चोरीमा तीन वर्ष कैद सजायको मागसहित अभियोग पत्र दर्ता भइसकेको उकेरामा खबर छ।