सडकपेटी खनेको भेटिएपछि २५ हजार जरिवाना

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले सडकपेटी खन्नेको भन्दै एक व्यक्तिलाई जरिवाना तिराएको छ ।

महानगरले वडा नम्बर-३ बसुन्धारा मैत्रीचोकमा सडकपेटी खनेको भन्दै रामकुमार श्रेष्ठलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

महानगर प्रहरी बलले जथभावी होर्डिङ बोर्ड राख्ने, सडक वा पेटी बिगार्ने, जथाभावी फोहोर फाल्ने, अनुमतिविना पोस्टर टाँस्नेमाथि कडा निगरानी राख्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *