गाडीले किच्दा ड्युटीमा रहेका प्रहरी निरीक्षकको मृत्यु

Thankot Times

थानकोट ।

सर्लाहीमा यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको हो ।

गएराति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर वाग्मती प्रदेश०१–००६ख २००४ नम्बरको बस पल्टिँदा उक्त हताहत भएको हो ।

“नियतबास गाडीले हानेको जस्तो देखिँदैन,” सहायक प्रवक्ता थापाले भने, “अनियन्त्रित भएर पल्टिँदा किचेको जस्तो देखिएको छ ।”

उपचारका लागि अस्पताल पुर्याएका तुलाधरलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *