राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरले पूर्व मेयर पीएल सिंहको पूर्णकदको शालिक बनाउने

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने भएको छ ।

महानगरपालिकाको १६ औं अधिवेशनमा प्रमुख बालेन शाहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् ।

काठमाडौंलाई नेपालकै पहिलो महानगरपालिका निर्माण गर्नको लागि योगदान गरेको भन्दै सिंहको पूर्णकदको शालिक बनाउने घोषणा गरिएको हो ।

स्थानीय स्वायत्त शासन ऐन-२०५५ जारी हुनुमा स्व. सिंहको महत्वपूर्ण भूमिका रहेको महानगरले जनाएको छ ।

वि. सं. १९९६ साल चैत ११ गते जन्मेका सिंह पछिल्लो समय उपचारसँगै चाक्सीबारी निवासमा बसिरहेका थिए ।

गत १ पुसमा उनको निधन भएको थियो ।

प्रजातन्त्र पुनःस्थापना भएपछि भएको स्थानीय निर्वाचनबाट पहिलो प्रमुखका रुपमा निर्वाचित भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *