रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा धादिङमा २४ वर्षीय युवाको मृत्यु

Thankot Times

थानकोट ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ रिचोकटारस्थित सडकमा रोकी राखेको बा.प्र.२ ०३-००१ क ००६३ नम्बरको ट्रकमा बा.प्र.०३. ०१३ प ७८०१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय रामकृष्ण कँडेलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राजमार्ग अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको छ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *