मङ्कीपक्स संक्रमितको स्वास्थ्य सुधारोन्मुख

Thankot Times

थानकोट ।

मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख  छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए।

उनले निजको अवस्था सामान्य रहेको बताए ।

मङ्कीपक्स संक्रमण भएकालाई कम्तिमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले जानकारी दिए।

साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मङ्कीपक्स संक्रमण भएको पुष्टि भएको थियो। सोही दिनदेखि उनको शुक्रराज अस्पतालमा उपचार जारी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *