सुनको मूल्य बढ्यो
थानकोट ।
कारोबार हुने साताको पाँचाैं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेर कारोबार छ ।
अघिल्लो कारोबार दिन बुधबारको तुलनामा सुनको मूल्य बिहीबार तोलामा ६ सय रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ ।
यसदिन चाँदी प्रतितोला एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।