जान्नुहाेस आज बुधबार दिनभरकाे माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

नेपालमा आगामी शुक्रबारदेखि अर्को पश्चिमी वायुको प्रभाव सुरु हुने मौसमविद्ले बताएका छन् ।

जसका कारण पश्चिम नेपालमा ‘राम्रै वर्षाको सम्भावना’ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताएका छन् ।

मंगलबार राति सामाजिक सञ्जालबाट पोखरेलले भनेका छन्, “शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभाव सुरु हुने र पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ । शनिबार काठमाडौंलगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा (काठमाडौंमा पनि) हल्का वर्षाको राम्रो सम्भावना छ ।”

उनका अनुसार, आज राति र भोलि बिहानसम्म देशभरि बादल लाग्नेछ । तर, भोलि अपराह्नदेखि मौसम सफा रहनेछ ।

नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले आज देशका धेरैजसो स्थानमा प्रभाव पारेको छ ।

पश्चिम न्यूनचापीय प्रणालीका कारण बदली भए पनि न्यून वर्षा भएको छ । काठमाडौं उपत्यकालगायत केही स्थानमा सामान्य छिटपुट वर्षा भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *