‘थानकोट बाहिर पनि नेपाल छ भन्ने थाहा नपाउने कर्मचारी धेरै छन्’-सांसद दिपा शर्मा
थानकोट ।
संघीय निजामती सेवा विधेयकमाथिको संशोधनकर्ताले सरुवा तथा बढुवालाई चक्रिय प्रणालीबाट समान दृष्टिकोणमा हुने व्यवस्था तोकेरै गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथीको संशोधनकर्तासँगको छलफलका सहभागि सांसदले यस्तो माग गरेका हुन् ।
संशोधनकर्ता सत्तारुढ दल नेकपा (एमाले)का सांसद दिपा शर्माले विधेकयमा सरुवा तथा बढुवालाई चत्रिय प्रणाली अनुसार तोकेरै व्यवस्था गर्नुपर्नेमा जोड दिईन ।
उनले भनिन्, ‘सिंहदरबार मात्रै होइन, उपत्यका बाहिर सरुवा नभएका कर्मचारीको संख्या पनि धेरै छ । थानकोट भन्दा पर पनि नेपाल छ भन्ने थाहाँ नपाउने धेरै कर्मचारी सिंहदरबार र काठमाडौं उपत्यकामा सधैभरी छन् । धेरै कर्मचारी प्रदेश र स्थानीय तहमा नदेखेरै अवकाशमा गइसक्नुभएको छ । त्यसैले चक्रिय प्रणालीबाट सरुवा गर्ने व्यवस्था विधेयमा तोकेर गरौ ।’
नेपाली काँग्रेसका सांसद मैना कार्की, एमाले सांसद रुकमिणी राना र अमृतलाल राजबंशीले निजामती सेवामा प्रवेश उमेर यस अघिकै पुरुषको ३५ र महिलाको ४० कायम गर्नुपर्नेमा जोड दिए । उनीहरुले श्रीमान श्रीमतलाई पायक पर्ने ठाउँमा सरुवा मिलाउनुपर्ने, घरपायक सरुवाको व्यवस्था हुनुपर्नेमा तिनै जना सांसदको जोड थियो, नेपाल प्रेसमा खबर छ ।
नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले विशिष्ट श्रेणीको सचिवलाई करार सेवामा राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।