थानकोट-चित्लाङ सडक खुला कि बन्द ? थानकोट र चित्लाङ प्रहरीको भनाई यस्तो छ

Thankot Times

थानकोट ।

गणेशमान सिंह मार्ग (थानकोट-चन्द्रागिरि-चित्लाङ सडक) मर्मत एवं स्तरोन्नतिका लागि हिजो (आइतबार) बाट एक महिनासम्म बन्द गरिने सूचना जारी भएपछि अन्योल छाएको छ ।

सडक डिभिजन कार्यालय काठमाडाैंले पाैष ७ गतेबाट माघ ६ गतेसम्म सडक बन्द गरि स्तरोन्नति एवं मर्मत गरिने जनाएको छ । यद्यपी सो निर्णयको चर्को आलोचना भइरहेको छ ।

सो सडकको काठमाडाैंतर्फको खण्ड पानीघाटबाट चन्द्रागिरि भञ्ज्याङसम्म मर्मत गर्ने प्रयोजनका लागि सडक डिभिजन कार्यालयले बन्द गर्न लागेको हो ।

यसैबीच स्थानीयको अनुरोधमा पाैष १७ गतेसम्म सो सडक आंशिक बन्द हुने बुझिएको छ ।

जसअनुसार बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्म सो सडक बन्द रहनेछ । सो समय सवारी साधनको आवागमन बन्द गरी सडक मर्मत हुनेछ । उक्त अवधि अघिपछि भने सवारी साधन गुड्न सक्नेछन् ।

इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार स्थानीय तह (थाहा नगरपालिका-९) ले बिहान ८ बजेबाट साँझ ४ बजेसम्म चित्लाङ हुँदै चन्द्रागिरि उक्लने सवारी साधनहरू रोक्न अनुरोध गरेको छ ।

यता प्रहरी वृत्त थानकोटले थानकोट-चन्द्रागिरि-चित्लाङ सडक बन्द वा खुला भन्ने सन्दर्भमा कुनै पत्र, निर्देशन वा जानकारी प्राप्त नभएको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *