खेलकुद मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम- खेलकुद मन्त्री चाैधरी

Thankot Times

थानकोट ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठुलो चुनौती भौतिक पूर्वाधार रहेको बताएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) पछि आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले  खेलकुद र खेलाडीको वृत्ति विकासका लागि भौतिक पूर्वाधारको अभाव रहेको बताएका हुन् ।

साथै,  युवा तथा खेलकुद मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न नसकिएको उनले गुनासो पोखे । ‘सबैभन्दा ठुलो चुनौतीको रूपमा अहिले हामीसँग भौतिक पूर्वाधारको अभाव छ । खेलकुदमा हामीले सोचे अनुसारको बजेट छैन । सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयमा छ । कूल बजेट ३ अर्ब ५० करोड रुपैयाँ छ ।

एउटा नगरपालिका, महानगरपालिकाको बजेट २६/२७ अर्ब हुन्छ,’ उनले भने ।

मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला, कीर्तिपुर रङ्गशालामा गरी कूल १२ अर्बभन्दा बढीको लागत लाग्ने उनले बताए । त्यस्तै, सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो देखिएको पनि उनले बताए । ‘साँच्चै भन्ने हो भने क्रिकेटको ३ वटा राष्ट्रिय गौरवको योजना छ । ३ वटाको बजेट मोटामोटी १२ अर्ब रुपैयाँ पेस भएको छ,’– उनले भने ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *