नेपाल जेसिसको कार्यकारिणी उपाध्यक्षमा चन्द्रागिरिकी एलिना महर्जनको उम्मेदवारी
थानकोट ।
सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबारबाट नेपाल जेसिसको ५१ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
नेपाल जेसिसको स्थापना १९७० को दशकमा भएको हो र यसको मुख्य उद्देश्य युवाहरूलाई समाजसेवामार्फत् व्यक्तित्व विकास, नेतृत्व क्षमता, र उद्यमशीलताको विकास गर्न सहयोग गर्नु हो।
सदस्यहरूलाई व्यावसायिक सम्बन्ध विस्तार र व्यवसायिक तालिममा सहभागी गराउने काम पनि जेसिसले गर्दै आएको छ।
नेपाल जेसिसका सदस्यहरूले विश्वभरका जेसिस सदस्यहरूसँग सम्बन्ध विस्तार गर्न र अनुभव आदान–प्रदान गर्न सक्ने अवसर पाउँछन्।
नेपाल जेसिसका देशभर करिब १०० भन्दा बढी स्थानीय शाखाहरू छन्, जसले आफ्नो क्षेत्र अनुसार कार्यक्रम सञ्चालन गर्दछन्। त्यसै मध्यको इटहरी शाखासहितको आयोजनामा राष्ट्रिय महाधिवेशनको आयोजना गरिएको हो।
पौष ८ गतेसम्म संचालन हुनेसम्मेलनले नयाँ नेतृत्व चयन गर्ने तालिका रहेको छ।
जेसिसको कार्यकारिणी उपाध्यक्षमा चन्द्रागिरि नगरपालिका वडा नं ३ निवासी एलिना महर्जनले उम्मेदवारी दिएकी छन् ।
उनी थानकोट जेसीज वर्ष २०२३ का शाखा अध्यक्ष तथा २०२४ का राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी थिइन् ।