नेपाल प्रिमियर लिग क्रिकेटको प्रथम संस्करणको उपाधी जनकपुर बोल्ट्सलाई
थानकोट ।
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग-२०२४ को उपाधी जितेको छ ।
सुदूरपश्चिम लायन्सले दिएको १८५ रनको लक्ष्य जनकपुरले ५ विकेट गुमाएर पूरा गरेको थियो ।
मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो ।
जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो ।
नेपाल प्रिमियर लिगको फेयर प्लेको अवार्ड लुम्बिनी लायन्सले जितेको छ । फाइनल खेलपछि उक्त पुरस्कारको घोषणा गरिएको हो ।
जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले प्लेअर अफ द म्याचको उपाधि जितेका छन् ।
टोलीको जितमा मिलन्था नायक बनेका थिए । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए ।
प्रतियोगितामा दोस्रो हुने सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाउने छ ।
तेस्रो हुने कर्णाली याक्सले २५ लाख रुपैयाँ तथा चौथो हुने चितवन राइनोजले १५ लाख रुपैयाँ पाउने छ ।