झिसमिसेमा भूकम्पकाे धक्काले ब्युँझियाे आधा नेपाल !

Thankot Times

थानकोट ।

शनिबार बिहान ४:१६ बजे नेपालका विभिन्न भू-भागमा भूकम्पको धक्का महशुस गरिएको छ ।

साे भूकम्पको धक्का पश्चिम नेपालमा बढि महशुस गरिएको सामाजिक सञ्जाल प्रयाेगकर्ताले बताएका छन् ।

भूकम्पको धक्का काठमाडौं उपत्यका र वरपरका जिल्लामा समेत महशुस गरिएको छ ।

साे भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

अपडेट: 

बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ।

जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४:१४ बजे ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *