चन्द्रागिरि जंगलमा बाटो भुलेका तीनजना पर्यटकको उद्दार

Thankot Times

थानकोट ।

चन्द्रागिरिको जंगलबाट तीन जना विदेशी नागरिकको उद्दार गरिएको छ । घुम्नका लागि पुगेका विदेशी नागरिकहरु बाटो भुलेर जंगलमा फसेका थिए ।

थानकोट–चित्लाङ सडकखण्डको १०० मिटर तल भिरमा फसेको अवस्थामा प्रहरी वृत्त थानकोटको टोलीले उनीहरुलाई फेला पारेको हो । सानेपास्थित प्रहरी प्रभागमा यसबारे सूचना आएपछि प्रहरी वृत्त थानकोटबाट तत्कालै प्रहरी उद्दारकर्मीहरु परिचालन गरिएको थियो ।  शनिबार साँझ आएको सो खबरपछि आवश्यक टर्च, डोरी, स्ट्रेचर लगायतका सामाग्रीसहित १० जनाको प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता उमेशराज मैनालीले जानकारी दिए ।

उनीहरुलाई रेस्क्यु रोपलगायतको प्रयोग गरी सुरक्षित साथ उद्दार गरी रातिनै  साथीहरुको जिम्मा लगाइएको उनले बताए । उद्धार भएकाहरुमा अमेरकी नागरिक डग्लस रो तथा भारतीय नागरिक नवप्रित डिलोन र माधव गुप्ता रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *