काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत बर्खास्त

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निलम्बन गरेको छ ।

पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा नियम विपरीत पास गर्ने प्रक्रिया अगाडि बढाएपछि गुरागाईंलाई जिम्मेवारीबाट हटाइएको महानगरले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न मेयरको नेतृत्वमा टोली बनाइने भएको छ ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी पनि भएको मेयर बालेन शाहका स्वकीय सचिव भुपदेव शाहले बताए ।

महानगरका अनुसार, अन्डरग्राउन्ड दुई तलासहित १२ तलाको नक्सा पास भइसकेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नियमविपरीत १९ तलाको नक्सा पास गर्न अनुमति दिएको पाइएको छ ।

उनले नक्सा पास गर्ने महानगरको आधिकारिक प्रणाली ईबीपीएस छलेर कागजी नक्सा पास गर्ने प्रक्रिया अगाडि बढाएको महानगरको दाबी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *