अण्डाको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपालमा कुखुराको अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँले बढेको छ ।

नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबार (पुस ५ गते)देखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो ।

संघका अनुसार मिडियम अथवा मझौला आकारको अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढेर ४ सय ८५ पुगेको छ ।

यस्तै, ठूलो अण्डा पनि प्रतिक्रेट ५ सय रुपैयाँ पुगेको छ ।

यसअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४ सय ८५ रुपैयाँ थियो ।

चितवनबाट लोड भएर देशभरको अण्डा बिक्री डिपोमा पुग्ने कार्टुन र क्रेटसहित प्रतिपेटि १ सय ४० रुपैयाँ थप लाग्ने संघका सचिव मदन पोखरेलले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *