मासुका लागि नेपालमा दैनिक १ हजार राँगाभैँसी बध गरिन्छन्
थानकोट ।
नेपालमा दैनिक करिब एक हजार राँगा र भैँसी मासुका लागि खपत हुने गरेको पाइएको छ ।
पशु बधशाला व्यवसायी संघका अनुसार एकदिनमा देशभर एक हजार राँगा र भैँसी मासुका लागि खपत हुने गर्दछन् ।
नेपालमा दैनिक एक हजार राँगा भैँसी बध भइरहेको तथ्याङ्क रहेको संघका महासचिव कृष्णहरि भट्ट बताउँछन् ।
‘दैनिक एक हजारका हाराहारीमा राँगा र भैँसी खपत भइरहेको छ,’ उनले भने, ‘जाडोयाममा यो संख्या बढेर १५ सय पुग्छ ।’
उनले देशभर खपत हुने राँगा र भैँसीमध्ये आधाबढी काठमाडौँ उपत्यकामा खपत हुने गरेको दाबी गरे । उनले उपत्यकामा दैनिक ६ देखि ७ सय वटा राँगा र भैँसी खपत हुने सुनाए ।
नेपालमा करिब ३० लाख पशुपालन भइरहेको भट्टको तर्क छ ।