सतुङ्गलमा मृत भेटिएकी किशोरीको पहिचान खुल्यो, अनुसन्धान जारी
थानकोट ।
चन्द्रागिरि नगरपालिका सतुङ्गलमा बुधबार अपरान्ह मृत अवस्थामा भेटिएकी किशोरीको पहिचान खुलेको छ ।
प्रहरीका अनुसार धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर ४ घर भई चन्द्रागिरि नगरपालिका सतुङ्गल खरिबोटस्थित एक घरमा भाडामा बस्दै आएकी १७ वर्षीय सरिता तामाङ मृत भेटिएकी हुन् ।
तामाङ गत मंसिर २९ गते मध्यरातदेखि हराइरहेको भनि उनका परिवारका सदस्यले पाैष १ मा प्रहरीमा उनको हुलियासहित निवेदन दिएकाे समेत प्रहरीले जनाएको छ ।
जसअनुसार उनको खोजतलास भईरहेको सन्दर्भमा बुधबार दिउँसो उनी मृत भेटिएकी हुन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सतुङ्गल खरी बोट क्षेत्रको फाइल फोटो