मुख्यमन्त्री लामाद्धारा चन्द्रागिरि नगर प्राथमिक अस्पताललाई अत्याधुनिक भेन्टिलेटर हन्तान्तरण

Thankot Times

थानकोट ।

काठमाडाैंको लाजिम्पाटमा मुख्य कार्यालय रहेको गैर सरकारी संस्था हेल्थ इन्भारोमेन्ट एण्ड क्लाइमेट एक्सन फाउन्डेशन (हेकाफ ३६०) ले थानकोटस्थित चन्द्रागिरि नगर प्राथमिक अस्पताललाई १ थान अत्याधुनिक भेन्टिलेटर उपकरण हस्तान्तरण गरेको छ ।

बिहीबार बिहान चन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित नगर प्राथमिक अस्पतालमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सो भेन्टिलेटर तथा अन्य स्वास्थ्य उपकरण चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीलाई हस्तान्तरण गरेका हुन् ।

चन्द्रागिरि नगरपालिकाले सो भेन्टिलेटर सञ्चालन गर्न जनशक्ति व्यवस्थापन, उपकरण जडान र मर्मत गर्न पर्ने अवस्थामा मर्मत गरिने सुनिश्चिता जनाएपछि हेकाफ ३६०ले सो भेन्टिलेटर उपलब्ध गराएको हेकाफका कार्यकारी निर्देशक महेश नकर्मीले जानकारी दिए ।

चन्द्रागिरि नगर प्राथमिक अस्पतालको अनुरोधमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा सो उपकरण उपलब्ध गराइएको समेत नकर्मीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *