नेकपा एसमा नेताहरूको जिम्मेवारी हेरफेर, कसले कुन जिम्मेवारी पाए ? सूचीसहित

Thankot Times

थानकोट।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ ।

स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

सम्मानित नेता झलनाथ खनालले स्कुल विभाग प्रमुख, बेदुराम भुसालले सङ्गठन विभाग प्रमुख, प्रमेश हमालले विदेश विभाग प्रमुख, घनेन्द्र बस्नेतले राजकीय मामिला विभाग प्रमुख र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मोर्चा फाँट प्रमुखको जिम्मेवारी पाएका छन्।

यस्तै पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडालाई सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला सङ्घ समाजवादीको इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेश प्रदेश इन्चार्ज, उपाध्यक्ष गङ्गालाल तुलाधरलाई बाग्मती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको सचिव पाण्डेयले जानकारी दिए ।

उनका अनुसार महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ । उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इन्चार्जको जिम्मा दिइएको छ ।

यस्तै सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्जको जिम्मेवारी दिइएको छ । युवा विभागको इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई प्रदान गरेको सचिव पाण्डेयले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *