रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सहकारीको रकम अपचलन गरेको अभियोगमा गत कार्तिक २ गते पक्राउ परेका लामिछानेमाथि थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।