काठमाडाैं महानगरमा आज शोक बिदा
थानकोट ।
काठमाडाैं महानगरमा आज शोक बिदा दिइएको छ ।
महानगरका पूर्व मेयर पीएल सिंहको निधन भएको शोकमा आज महानगर क्षेत्रमा बिदा दिइएको काठमाडाैं महानगरले जनाएको छ ।
सिंहको कार्यकालमा काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो ।
आज अत्यावश्यक सेवाबाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा काठमाडाैं महानगरबाट जारी विज्ञप्तीमा उल्लेख छ।
सिंहको सोमबार बिहान ८५ वर्षको उमेरमा निधन भएको हो ।
पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन