नेपाल पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा अग्रता कायमै

Thankot Times

थानकोट ।

गत शुक्रबार सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको मतगणना जारी छ।

मधेश प्रदेशबाहेक अन्य स्थानको मत गणना हुँदा अध्यक्षमा निर्मला शर्माले प्रतिस्पर्धी रमेश विष्टलाई १ हजारभन्दा बढी मतले पछि पारेकी छन् । मधेशमा जम्मा ७७२ मत खसेकाले शर्माको जित निश्चित भएको हो ।

त्यस्तै महासंघका पदाधिकारीमा पनि शर्माकै प्यानलका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रेस चौतारीकी शर्मालाई प्रेस युनियनले समर्थन गरेको थियो ।

उता प्रेस युनियनका असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका रमेश विष्टलाई प्रेस सेन्टरले साथ दिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *