मोटरसाइकलले ठक्कर दिंदा भक्तपुरमा एकजना पैदलयात्रीको मृत्यु

Thankot Times

थानकोट ।

मोटरसाइकलले ठक्कर दिंदा भक्तपुरमा एक जना पैदलयात्रीको ज्यान गएको छ । 

प्रहरी परिसर भक्तपुरका अनुसार रामेछापको दोरम्बा गाउँपालिका-४ घर भई सूर्यविनायक नगरपालिका-१० नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको दुर्घटनाका क्रममा मृत्यु भएको हो ।

भक्तपुरको जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिन्चोक जोरपाटीमा निमबहादुरलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनलाई मध्यपुर अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा शनिबार राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक काभ्रेको बनेपा-६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *