पत्रकार महासंंघ धादिङको अध्यक्षमा सिताराम अधिकारी निर्वाचित
थानकोट ।
नेपाल पत्रकार महासंंघ जिल्ला शाखा धादिङको अध्यक्षमा सिताराम अधिकारी निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा प्रेस सेन्टरका राजन अधिकारीलाई ११ मतान्तरले पराजित गर्दै प्रेस चौतारीका सिताराम अधिकारी विजयी भएका हुन्।
अधिकारीले ४२ मत प्राप्त गर्दा प्रत्याशी राजन अधिकारीले ३१ मत ल्याए ।
यस्तै महिला उपाध्यक्षमा प्रेस चौतारीकै सरिता श्रेष्ठ विजयी भइन् ।
श्रेष्ठले ४१ मत ल्याइन भने उनका प्रत्याशी प्रेस सेन्टरकी रविना विकले २९ मत पाइन ।
यसैगरी कोषाध्यक्षमा प्रेस सेन्टरका बद्री अधिकारीले ३८ मत ल्याउँदा उनी निर्वाचित भए, उनका प्रत्याशी समाजवादी प्रेस संगठनका शिवराज आचार्यले ३५ मत पाए।