‘सामुदायिक क्याम्पसले गणतन्त्रको महशुस गर्न पाएनन प्रधानमन्त्रीज्यू’- अध्यक्ष शत्रुध्नप्रसाद गुप्ता

Thankot Times

थानकोट । 

बिहीबार कीर्तिपुरमा बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा (सिनेट) बैठकमा सहभागीहरूले कुलपति एवं प्रधानमन्त्री केपी ओलीसँग सवाल जवाफ गरेका छन् ।

सभामा नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष एवं काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताले सामुदायिक क्याम्पसहरूको समस्याका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

 त्रिविमा मुलुकका ६ सय भन्दा धेरै सामुदायिक क्याम्पसहरूको अस्तित्व त्रिवि सभा सदस्य भन्दा अन्यत्र नरहेको भन्दै अध्यक्ष गुप्ताले सामुदायिक क्याम्पस सञ्चालन, व्यवस्थापन ऐनको माग गर्दै सामुदायिक क्याम्पसको शासकीय सुधार, वैधानिकता एवं व्यवस्थापनमा छुट्टै ऐनको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष अनुरोध गरे । 

सामुदायिक क्याम्पसका शिक्षक, कर्मचारीहरूको स्तर निर्धारणका लागि समेत उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । 

सो क्रममा अध्यक्ष गुप्ताले सामुदायिक क्याम्पसको सरोकार पैसा, दरबन्दी, पदोन्नतीमा नभएकोले सामुदायिक क्याम्पसले पहिचानको लागि लडाइ लड्न परेको गुनासो गरे । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *