चन्द्रागिरिमा अहिले बिहानको तापक्रम ३ डिग्री सेल्सियस

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकाको अधिकतम र न्यूनतम तापक्रम दुवै घटेसँगै कठ्याङ्ग्रिने जाडो भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसभन्दा तल झरेको छ ।

यस्तै, न्यूनतम तापक्रमसमेत ५ डिग्री सेल्सियस हाराहारी आएको मौसमविदले बताएका छन् ।

जसकारण मानिसहरुलाई साँझ बिहान घर बाहिरन निस्किन कठिनाई भएको छ ।

चन्द्रागिरि नगर क्षेत्रमा सोमबार दिउँसो हल्का वर्षा भएसँगै सोमबार साँझबाट नै जाडो थप बढेको छ ।

अहिले बिहान ७ बजे चन्द्रागिरि नगर क्षेत्रमा तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *