तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रमा सात गाउँले जात्राको राैनक
थानकोट ।
हरेक वर्ष मार्ग शुक्ल दशमीका दिन मनाइने प्रसिद्ध सात गाउँले जात्रा आज चन्द्रागिरि नगरपालिका १५ विष्णुदेवी मन्दिर क्षेत्रमा बिहानैदेखी धुमधामका साथ मनाइँदैछ ।
जात्रा अवलोकनका लागि हजाराैंको संख्यामा महिला तथा पुरूषहरू बल्खु नदी किनारमा भेला भएका छन् ।
काठमाण्डाैका कीर्तिपुर, पाँगा, सतुंगल, मच्छेगाउँ, बोसीगाउँ, नगाँ र ल्वंकोटसमेत सात गाउँको समष्टि जात्रालाई सात गाउँले जात्रा वा बखुँमद जात्रा भनेर चिनिन्छ । अचेल यस जात्रामा नैकाप पनि थपिएको छ ।
सहज रूपमा जात्रा सञ्चालनका लागि चन्द्रागिरि नगरपालिकाले आवश्यक व्यवस्थापन मिलाएको जानकारी दिएको छ ।
चन्द्रागिरि नगरपालिकाले सात गाउँले जात्राका अवसरमा नगर क्षेत्रका विभिन्न ७ वडामा सार्वजनिक बिदा दिएको छ ।