पछिल्लो १५ दिनमा धरहरा चढ्नेको सङ्ख्या १५ हजार नाघ्यो
थानकोट ।
पछिल्लो दुई सातामा धरहरा चढ्नेको सङ्ख्या १५ हजार नाघेको छ ।
सो अवधिमा २७ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ ।
१५ हजार ५६२ जनाले धरहराको स–शुल्क टिकट लिएर धरहरा चढेको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले बताए । यो सङ्ख्यामा धरहरा चढ्दा २७ लाख २४ हजार रुपैयाँ बराबर रकम सङ्कलन भएको उनको भनाइ छ ।
सरकारले मङ्सिर ९ गतेदेखि स–शुल्क धरहरा सञ्चालनमा ल्याएको छ ।
दैनिक एक हजार २५० को सङ्ख्यामा टिकट लिएर धरहरा चढ्ने व्यवस्था छ ।