काठमाडाैंतर्फ आउँदै गरेको खाना पकाउने ग्यास बोकेको बुलेट कृष्णभीरमा पल्टियो

थानकोट ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा दुर्घटना भएको छ ।

बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरमा आज बिहान सो बुलेट दुर्घटनामा परेको हो ।

बुलेट सडकबाट तल खसेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ ।

यद्यपि घाइते कोही पनि भेटिएको छैन् ।

अहिले चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।

सो क्षेत्र नजिकैका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *