ब्राइट फ्यूचर माविका अध्यक्ष मोहन कार्कीलाई भारतमा उत्प्रेरणा उत्कृष्टता पुरस्कार

Thankot Times

थानकोट ।

नैकापस्थित ब्राइट फ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्की भारतमा सम्पन्न विद्यार्थी गुणस्तर सर्कलको २५औ अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मानित भएका छन् ।

लखनउस्थित विश्वकै सबैभन्दा बृहत् विद्यालय सिटी मन्टेश्वरीमा डिसेम्बर ३ देखी ७ सम्म सञ्चालन भएको सो सम्मेलनले अध्यक्ष कार्कीलाई स्व.  पीसी बिहारी उत्प्रेरणा उत्कृष्टता पुरस्कारबाट सम्मान गरेको विद्यालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपालमा विद्यार्थी गुणस्तर चक्र अभियानलाई अघि बढाउन खेलेको विशेष भूमिकाको कदर गर्दै शनिबार बसेको विद्यार्थी गुणस्तर चक्रको विश्व काउन्सिलका महानिर्देशकस्तरीय बैठकले कार्कीलाई उक्त सम्मान दिएको बताइएको छ ।

कार्की क्वालिटी सर्कल्स इन एजुकेशन फर स्टुडेन्ट्स पर्सनालिटी डेभलपमेन्ट नेपालका उपाध्यक्ष समेत हुन् ।

यसैबीच ब्राइट फ्यूचर माविका विद्यार्थीहरूले विश्वका १६ वटा देशका करिब १ सय विद्यालयहरूबीच भएको घटना अध्ययन प्रस्तुतीकरण (केस स्टडी प्रिजेन्टेशन) मा जुरान अवार्ड जितेका छन् ।

सो विद्यालयका विद्यार्थीहरू दीप्ति सिलवाल, संविधान न्याैपाने, आश्रिका पाैडेल, प्रत्यूश कार्की, प्रिशा लेखक, प्राप्ती भण्डारी र अविप्शा लामिछानेको प्रस्तुती जुरान अवार्ड जित्न सफल भएको विद्यालय जनाएको छ ।

विद्यार्थी गुणस्तर सर्कलको २५औ अन्तर्राष्ट्रिय सम्मेलन सिटी मन्टेश्वरीले आयोजना गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ