इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन

Thankot Times

थानकोट ।

इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ ।

उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका  क्रममा राणाको बिहीबार निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

उनी  रक्तचाप कम भएर अस्पताल भर्ना भएका थिए ।

इतिहासकार राणाका ऐतिहासिक दरबारहरू, श्री ३ हरूको तथ्य वृतान्त (भाग १), श्री ३ हरूको तथ्य वृतान्त (भाग २), श्री ३ हरूको तथ्य वृतान्त (भाग ३) पुस्तक प्रकाशित छन् ।

राणा रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।

उनको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको थियो । 

तस्बिरः बीबीसी नेपाली सेवा


Leave a Reply

Your email address will not be published. Required fields are marked *