कीर्ते हस्ताक्षर गरेर विद्यालयको २९ लाख झिकेको आरोपमा चन्द्रपुरका हेडसर पक्राउ

Thankot Times

थानकोट ।

किर्ते कागजात पेश गरी बैंक खाता बाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राैतहटको चन्द्रपुर नगरपालिकास्थित श्री आधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरी रहेका छन्।

उनीमाथि लिखत सम्बन्धी कसूर अन्तर्गत रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

चन्द्रपुर नगरपालिकाको आर्थिक बर्ष २०८० र ०८१ को विशेष अनुदानबाट श्री आधुनिक प्राथमिक विद्यालय राजपैडामा ४ कोठे भवन निर्माणको लागी ४७ लाख, ७५ हजार, ५१२ रुपैयाँ ८५ पैसा विद्यालयको खातामा रकम निकासा गरिएको थियो।

उक्त रकम नियमानुसार भुक्तानी पाउने गरी रकम रोक्का गरी विद्यालय भवन निर्माणको लागी ५३ लाख ९८ हजार २८९ रुपैयाँ ५२ पैसाको  कार्यआदेश सहित ब्रहम बाबा कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरीएको थियो। प्राविधिक नाप जाँच तथा पहिलो रनिङ बिल भरपाईको आधारमा चन्द्रपुर नगरपालिकाको पत्रद्वारा २० लाख १० हजार ५२९ रुपैयाँ ७९  पैसा  ब्रहम बाबा कन्ट्रक्सनले भुक्तानी पाउने गरी रकम फुकुवा तथा भुक्तानीको पत्र पठाएको थियो।

उक्त रकम निकाले पश्चात  विद्यालयका प्रधानाध्यापक किशोरी चौधरीले चन्द्रपुर नगरपालिकाको पत्रहरुमा किर्ते हस्ताक्षर गरी २९ लाख ३५ हजार ५२९ रुपैयाँ ७९ पैसा ब्रहम बाबा कन्ट्रक्सनले भुक्तानी पाउने गरी रोक्का रहेको रकम फुकुवा गरी विद्यालयको खातामा रहेको रकम निकाली हिनामिना गरेको प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिएका छन्।

प्रधानाध्यापक चौधरीलाई सोमबार पक्राउ गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ