प्लम्बिङ्ग तालिम लिने कि ? चन्द्रागिरि नगरले दिँदैछ ५० दिन प्लम्बिङ्ग तालिम

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकाले युवाहरूका लागि लक्षित गर्दै प्लम्बर तालिम सञ्चालन गर्ने भएको छ । 

करिब २० जनाका लागि लक्षित गरी सो तालिम कार्यक्रम सञ्चालन हुन लागेको बताइएको छ । 

२४० घण्टा (५० दिन) सञ्चालन हुने सो तालिम कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका नगरबासीहरूका लागि प्राथमिकता दिइने नगरबाट जारी सूचनामा उल्लेख छ ।

व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको पाठ्यक्रम अनुसार सैद्धान्तिक, प्रदर्शनतात्मक तथा कार्यगत सिकाईमा तालिम केन्द्रीत रहने बताइएको छ ।

तालिम कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्तिले मंसिर २८ गतेभित्र नाम दर्ता गर्न सक्ने समेत सो सूचनामा उल्लेख छ । अन्तर्वार्ताबाट प्रशिक्षार्थी चयन हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ