चन्द्रागिरि सहकारीको अध्यक्षमा शिवशंकर मानन्धर, सचिवमा शरद कुँवर निर्वाचित
थानकोट ।
१९ हजार ७५६ जना सक्रिय सदस्य रहेका चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शिवशंकर मानन्धर निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको २३ औं वार्षिक साधारण सभाले १३ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको हो ।
संस्थाको वार्षिक साधारण सभाले शिवशंकर मानन्धरको अध्यक्षतामा ३३% महिला र ३३% युवा सदस्यहरुको सुनिश्चिततासँगै १३ सदस्यीय नयाँ सञ्चालक समिति चयन संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
संस्थाका निवर्तमान अध्यक्ष योगेन्द्रकुमार कुँवरले मंगलबार नवनिर्वाचित अध्यक्ष मानन्धरलाई कार्यभार हस्तान्तरण गरेका छन् ।
चन्द्रागिरि साकाेस निर्वाचन उपसमिति संयाेजक केशवबहादुर थापाका अनुसार संस्थाको उपाध्यक्षमा हरिहर सिग्देल निर्वाचित भएका छन् । यस्तै सचिवमा शरद कुँवर, कोषाध्यक्षमा मीनाकुमारी पाठक खराल, सहसचिवमा दिलकुमारी महर्जन निर्वाचित भएकी छन् ।
यस्तै, सञ्चालक समिति सदस्यहरूमा क्रमशः इन्द्रबहादुर महर्जन, ऋृषिराम घिमिरे, गोविन्द बस्नेत, माधवराज पाण्डे, रविना महर्जन, रूपा थापा मगर, सुबास श्रेष्ठ र सोहिल मानन्धर निर्वाचित भएका छन्।
यस्तै, संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा भानुप्रकाश ढकाल निर्वाचित भएका छन्।
उनी यसअघि पनि सो जिम्मेवारी थिए ।
यस्तै, सो समितिको सदस्यहरूमा बीना रोकाय र कृष्णप्रसाद लामिछाने निर्वाचित भएका छन् ।
नवनिर्वाचित सञ्चालक समिति सदस्य तथा लेखा सुपरीवेक्षण समितिहरूले मंगलबार नै पद तथा गोपनियताको सपथ लिएका छन् ।
चन्द्रागिरि साकोसले मुख्य कार्यालय चन्द्रागिरि नगरपालिका-०७ महादेवस्थान लगायत अन्य विभिन्न चार स्थानमा रहेका सदस्य सेवा केन्द्रबाट सदस्यहरूमा सेवा प्रवाह गर्दै आएको छ।