नेपाल प्रिमियर लिगः चितवनको लगातार दोश्रो जित, पोखरा ८७ रनले पराजित

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार भएको खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो ।
१६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो ।

पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चितवनका लागि सोहेल तनविर, रिजन ढकाल र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिए ।

यसअघि टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको ५१ रन मदतमा ७ विकेट गुमाएर १६१ रन बनाएपछि पोखराले १६२ रनको लक्ष्य पाएको थियो ।

प्रतियोगिता अन्तर्गत मंगलबार नै सम्पन्न दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको सहज जित निकालेको छ ।

नेपाल प्रिमियर लिग: सूदूरपश्चिमको सहज जित, विराटनगरको लगातार दोस्रो हार


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ