यू-१९ पुरुष एशिया कपः अफगानिस्तानद्धारा नेपालसामु १३३ रनको लक्ष्य प्रस्तुत
थानकोट ।
एसिसी यू-१९ पुरुष एशिया कपमा नेपालले अफगानिस्तानलाई १२३ रनमा समेटेको छ।
युएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले ३५.४ ओभरमा १२३ रनमा अलआउट गरेको हो ।
अफगानिस्तानका लागि फैसल खानले अर्धशतक प्रहार गरे ।
खेलको पहिलो ओभरको तेस्रो बलमा नेपालका कप्तान हेमन्त धामीले अफगानिस्तानका ओपनर तथा कप्तान महबुब खानलाई शून्यमा बोल्ड गरेका थिए।
दुवै टोली प्रतियोगिताबाट बाहिरएकोले यो खेल प्रतिष्ठाका रुपमा मात्रै रहेको छ ।