अमेरिकी सहायक विदेश मन्त्री लू नेपाल आउँदै
थानकोट ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तीन दिने नेपाल भ्रमणमा आउने भएका छन्।
उहाँ यही मङ्सिर २३ देखि २५ गते (डिसेम्बर ८–१०) सम्म काठमाण्डौ आउन लागेका हुन् ।
दक्षिण एशिया भ्रमणका क्रममा भारत र श्रीलङ्काको भ्रमण गरेर विदेश मन्त्री लू नेपाल आउन लागेका अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मन्त्री लू ले नेपालमा जलवायु संरक्षण, दिगो विकासलगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा उनले युवाहरूसँग साक्षात्कार गर्ने र केही नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।