यू-१९ पुरुष एशिया कपः नेपालले आज अफगानिस्तानसँग खेल्दै, टस हारेपछि नेपाल बलिङमा

Thankot Times

थानकोट ।

१९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ ।

यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान पौने ११ बजे शुरू हुने छ ।

नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल आज खेल्न लागेको हो ।

खेलमा पहिले टस जित्दै अफगानिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपाल सुरुमा बलिङ गर्नेछ ।

यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल लगभग प्रतियोगिताबाट बाहिरी सकेको छ ।

नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले  र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो ।

१९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । एशिया कप क्रिकेटमा आजै बङ्गलादेश र श्रीलङ्का पनि खेल्दैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ