थानकोट-चित्लाङ सडकको स्तरीकरणका लागि २० करोड माग्दै सांसद् बर्ताैलाको टोलीले भट्यो अर्थ मन्त्री

Thankot Times

थानकोट ।

काठमाडाैंबाट हेटाैडा पुग्ने प्रमुख सहायक मार्ग गणेशमानसिंह मार्ग (थानकोट-चन्द्रागिरि-चित्लाङ सडक)को स्तरीकरणका लागि मकवानपुरका सांसद् तथा नेताहरूले अर्थमन्त्री सँग भेट गरी बजेट सुनिश्चितताका लागि माग गरेका छन् ।

सोमबार सांसद् महेश बर्ताैला,, संविधान सदस्यहरू  रामनारायण बिडारी, सुभाष चन्द्र ठकुरी, स्थानीय जयराम लामिछाने तथा डा रामहरि लामिछानेसहितको टोली अर्थ मन्त्री विष्णु पाैडेललाई ध्यानकर्षण गराउन सिंह दरबार पुगेको थियो ।

सो क्रममा सडक स्तरीकरणका लागि चालू आ.व.मा कार्यान्वयन हुने गरी २० रुपैयाँ करोड बराबरको श्रोत सुनिश्चितता गरी बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउन अर्थमन्त्री सँग अनुरोध गरिएको सांसद् बर्ताैलाले जानकारी दिए ।

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकको स्तरीकरणका लागि मन्त्री पाैडेल सकरात्मक भएको समेत सांसद् बर्ताैलाको भनाइ छ ।

करिब २१ किलोमिटर दूरी रहेको थानकोट-चित्लाङ सडक वर्षाैदेखी दुरावस्थामा रहँदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।


One thought on “थानकोट-चित्लाङ सडकको स्तरीकरणका लागि २० करोड माग्दै सांसद् बर्ताैलाको टोलीले भट्यो अर्थ मन्त्री

  1. Appreciate for the efforts, wish to fulfill the completion in time with standard quality!! Thanks

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ