काठमाडौं फोटोग्राफर संघको आयोजनामा ‘वेडिङ फोटो अवार्ड २०२४’ हुने
थानकोट ।
काठमाडौं फोटोग्राफर संघको आयोजनामा “केपीए वेडिङ फोटो अवार्ड २०२४” हुने भएको छ ।
देशैभरका फोटो ग्राफरहरुलाई लक्षित गरि आयोजना गरिएको यो अवार्डमा फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् ।
विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ भिडियो पठाउन सक्नेछन् ।
यहि मंसिर ३० गतेसम्म प्राप्त हुने फोटो तथा भिडियोहरुलाई उत्कृष्टताको आधारमा अवार्ड वितरण गरिने आयोजक पक्षले जानकारी दिएको छ ।
२०८१ पौष १२ गते राष्ट्रिय नाचघर जमलमा विशेष कार्यक्रमका बीच विजेतालाई अवार्ड वितरण गरिनेछ ।
नेपालका विवाह परम्पराको कला संस्कृति र सौन्दर्यलाई प्रोत्साहन गर्नुको साथै नेपाली फोटोग्राफरहरू सम्मान गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको काठमाडौं फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेले बताए ।
अवार्डका लागि नेपालभरका फोटो तथा भिडियो मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्ने र सहभागिताको लागि www.kpa.org.np मा गुगलफर्म भर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।
अवार्ड सकिएको भोलिपल्ट राष्ट्रिय कला परिषद्, बबरमहलमा फोटो प्रदर्शनी पनि आयोजना गर्न लागिएको घिमिरेले बताए ।