उपनिर्वाचनः कीर्तिपुरमा ९ हजार मत गणना हुन बाँकी, रुख र सूर्यबीच मतान्तर ६००

Thankot Times

थानकोट ।

उपनिर्वाचन अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर पदको मतगणना जारी छ ।

हिजो आइतबार भएको उपनिर्वाचनको मतगणनाअन्तर्गत कीर्तिपुर नगरमा नेपाली कांग्रेसका उमेदवारले सुरुवातबाटै लिएको अग्रता कायम राखेका छ ।

११३९३ मत गणना भइसक्दा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल २९३० मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरले २३८३ मत पाएका छन् 

यस्तै, नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जन २०८३ मतसहित तेस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार राजमान मानवले १११३ मत पाएका छन् । 

कीर्तिपुर नगरको मेयरमा ११ स्वतन्त्रसहित २० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ