मेयर उपमेयरसमक्ष कृषिकर्मीको मनोबल बढाउन चन्द्रागिरिका कृषकहरूको अनुरोध
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा पशुपालन पेशामा आबद्ध किसानहरूले नगरप्रमुख तथा उपपमुखलाई बिहीबार ज्ञापन पत्र बुझाएका छन् । बलम्बुस्थित नगरको पशु सेवा शाखामा नगरका कुखुरापालक, बाख्रापालक, गाईभैसी पालकहरूको समुहले कृषिकर्म क्रममा भोगेका समस्याहरूका सम्बन्धमा ध्यानाकर्षण गराउँदै नगरप्रमुख घनश्याम गिरी तथा उपप्रमुख बसन्ती श्रेष्ठलाई ज्ञापन पत्र बुझाउन नगर कार्यपालिकाको कार्यालयमा पुगेका थिए ।
कृषि क्षेत्रको संरक्षण र बढोत्तरीको लागि नगरपालिकाको आगामी नीति तथा कार्यक्रममा संलग्न गरिनुपर्ने विषयहरुलाई सुझाव एवं मागको रुपमा नगरप्रमुख समक्ष ज्ञापन पत्र पेश गरिएको कार्यक्रम संयोजक ईश्वर बलामीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा नगरप्रमुख तथा उपप्रमुखले प्रत्येक महिनामा कम्तीमा एक पटक किसानको गोठ/खोर तथा खेतरबारीमा पुगेर किसानको मनोबल बढाउन समेत अनुरोध समेत गरेका छन् ।