थानकोट जेसिजको अध्यक्षमा विराज शाही निर्वाचित
थानकोट ।
थानकोट जेसिजको अध्यक्षमा विराज शाही निर्वाचित भएका छन् । शाहीको नेतृत्वमा ११ सदस्यीय पदाधिकारी चयन भएका छन् ।
थानकोट जेसिजको २५औं शाखा अधिवेशनबाट थानकोट जेसिजको कार्यकारी उपाध्यक्षमा क्रमशः इन्जिनियर दीप महर्जन, रिकेश महर्जन, कानुनी सल्लाहकारमा राहुल गोपाली, महासचिवमा मन्दिरा थापा, कोषाध्यक्षमा विवेक महर्जन निर्वाचित भएका छन् ।
यस्तै, उपाध्यक्षमा सलिना श्रेष्ठ, रोहिणी गोले, रोशन थापा र जेनिस श्रेष्ठ निर्वाचित भएको जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष एवं कोषाध्यक्ष तथा हालका सल्लाहकार मोहनलाल डाँगीले जानकारी दिए ।
यस्तै जुनियर जेसिज अध्यक्षमा सम्मान श्रेष्ठ निर्वाचित भएका छन् ।
जेसीज १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो ।
१ वर्ष कार्यकाल रहने सो संस्थाको थानकोट शाखाको नेतृत्व यसअघि श्रवन महर्जनले गरेका थिए ।
थानकोट जेसिजमा जुनियर र सिनयर गरी करिब ६० जना युवाहरू आवद्ध छन् ।