चन्द्रागिरि क्षेत्रका सम्पदा र पर्यटकीय गन्तव्य प्रवर्द्धनमा ‘सोलो ट्राभलर’ सिर्जना सिज्जु सकरात्मक

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रका सम्पदा र पर्यटकीय गन्तव्य प्रवर्द्धनमा ‘सोलो ट्राभलर’ सिर्जना सिज्जुको चासो देखाएकी छन् । 

शनिबार थानकोटस्थित चन्द्रागिरि हाइकर्स कम्युनिटीका सदस्यहरूसँग सिज्जुले चन्द्रागिरि नगर क्षेत्रका सम्पदा र पर्यटकीय गन्तव्य पहिचान एवं प्रवर्द्धनका सम्बन्धमा प्रारम्भिक छलफल गरेको बताइएको छ ।

रुकुम पश्चिमकी सिर्जना सिज्जु सोसल मिडियामा अचेल निकै रुचाइएकी छिन् ।

देशका विभिन्न स्थानमा पुगेको भिडिवो सामाजिक सञ्जालमा देखाउने सिर्जना सिज्जु (ओली) एक्लै घुम्ने ‘सोलो ट्राभलर’ हुन्। 

चन्द्रागिरि नगर क्षेत्रका पर्यटकीय क्षेत्र तथा धार्मिक सम्पदास्थलको प्रवर्द्धनमा सिज्जुसँगको सहकार्य फलदायी हुने अपेक्षासहित उनीसँग छलफल गरिएको चन्द्रागिरि हाइकर्स कम्युनिटीले जनाएको छ ।

सो बारेमा कुनै ठोस निर्णय भएको छैन यद्यपी सिज्जु हाइकर्स कम्युनिटीको प्रस्तावप्रति सकरात्मक रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ