तारकेश्वरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, स्थिति तनावग्रस्त बनेपछि प्रहरीद्धारा हस्तक्षेप
थानकोट ।
काठमाडौंको तारकेश्वर नगरपालिकामा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ।
प्रहरी वृत्त बालाजुका अनुसार शान्ति टोल नजिकै आज बिहान सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्क जान लागिरहेको बा ४ ख ७१११ को बस बाटोमा रोकिरहेको बा ३ क १६६६ गाडीसँग ठोकिँदा बिहान करिब ७ बजे तारकेश्वर-८ लामबगरमा दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनापछि बसमाथि तोडफोड गरिएको छ । अहिले भने स्थिति नियन्त्रणमा रहेको र गाडीलाई पुलिसको स्कर्टिङद्वारा बालाजु चौकीमा लगिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।