नागढुङ्गा सुरुङ मार्ग निर्माणको कार्य ६ दिनदेखि अवरुद्ध
थानकोट ।
नागढुङ्गा सुरुङ मार्ग निर्माणको कार्य लगातार ६ दिनदेखि अवरुद्ध रहेको छ।
चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङका सुरुङ मार्ग प्रभावित क्षेत्रका स्थानीयहरूले आयोजनाबाट उचित क्षतिपूर्ति नपाए सम्म सुरूङमार्गको काम अघि बढ्न नदिने भन्दै गत आइतबारबाट निर्माण कार्य ठप्प पारेका हुन् ।
सुरुङ मार्ग निमार्णको क्रममा घरहरूमा समस्या आएको, चिरा परेको र पानी सुकेको भन्दै स्थानीयले आन्दोलन गरेका हुन्।
पटक-पटक सरकारले वार्ता, भेटघाट तथा आश्वासन देखाए पनि आयोजनाले मागको सुनुवाइ गरेको स्थानीयले बताए। चन्द्रागिरी नगरपालिकाले स्थानीय जनताको माग प्रति सकारात्मक तवरले सहजिकरण नगरेको उनीहरु रुष्ट बनेका छन्।
सुरुङ मार्ग अन्तर्गत फ्लाइओभर क्षेत्रमा समेत संरचना निर्माण अवरुद्ध भएको छ ।